मौद्रिक नीति सार्वजनिक; पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने (पूर्ण पाठ)

कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे बताउनुभएकाे हो ।

उहाँले पर्यटन व्यवसायसँग सम्बन्धित हवाई सेवा, होटल, रेस्टुरेन्ट लगायतका उद्योग व्यवसायलाई सहुलियत कर्जाको व्यवस्था मिलाइने बताउनुभयो ।
त्यस्तै शिक्षा, पर्यटन लगायतका कोरोनाका कारण प्रभावित भएका क्षेत्रको कर्जा भुक्तानीको म्याद थप गरिने बताउनुभयाे । यस्तै सो क्षेत्रका असार मसान्तसम्म म्याद कायम भएका कर्जालाई पुस मसान्तसम्म बढाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ 

त्यस्तै कोभिडबाट अति जोखिमा परेका पेशा व्यवसायसँग सम्बन्धित कर्जा तिर्नपर्ने म्याद अर्को वर्षको असार मसान्तसम्म सार्न व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।
Nepal Rastra Bank and Bank of Korea enter MoU for Knowledge ...
यसबीच राससका अनुसार बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो ।
सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैङ्कलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैङ्कका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।
यस्तै बैङ्क तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।
#गोरखापत्र अनलाइन

Post a Comment

0 Comments